Kathmandu Press

एमाले पार्टी कार्यालय वैशाख ९ गते नयाँ भवनमा सर्ने

काठमाडौं, वैशाख ६ : एमाले पार्टी कार्यालय वैशाख ९ गते थापाथली हाइट उमंग मार्गस्थित नयाँ भवनमा सर्ने भएको छ। वैशाख १ गते वा त्यसअगावै...
एमाले पार्टी कार्यालय वैशाख ९ गते नयाँ भवनमा सर्ने

काठमाडौं, वैशाख ५ : एमाले पार्टी कार्यालय वैशाख ९ गते थापाथली हाइट उमंग मार्गस्थित नयाँ भवनमा सर्ने भएको छ।

वैशाख १ गते वा त्यसअगावै पार्टी कार्यालय सर्ने बताइए पनि तयारी नपुगेकाले ढिलाइ भएकाे बताइएकाे छ। साेही दिन बल्खुमा नयाँ कार्यालय भवनको शिलान्यास गर्ने तयारीसमेत रहेको एमाले स्रोतले जनाएकाे छ।

अहिले एमाले पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रष्ठिानप्रतिष्ठानको भवनमा भाडामा सञ्चालित छ। २०७२ सालको भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भवन भत्काएपछि धुम्बाराही सरेकाे थियो। नयाँ कार्यालय रहने भवन अढाइ तले छ। त्यहाँ १३ कोठा छन्।

प्रतिष्ठानले भवन खाली गरिदिन भनेपछि एमाले कार्यालय सर्न लागेको हो। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले चैत ११ गते थापाथली हाइट पुगेर पार्टी कार्यालय रहने नयाँ भवन निरीक्षणसमेत गरेका थिए।

एमालेले पार्टी कार्यालयका लागि सञ्जय अग्रवालको घर सम्झौता गरेर भाडा लिएको जनाइएको छ। साे भवन सांसद मोतीलाल दुगडले खोजेका हुन्। 

प्रकाशित मिति: १४:५७ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्