वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु
वीरगञ्ज, वैशाख ५ : वीरगञ्जमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ नगवाकी ५१ वर्षीया महिलाको...
वीरगञ्ज, वैशाख ५ : वीरगञ्जमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ नगवाकी ५१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
शनिबार दिउँसो अस्पताल भर्ना उनको आइतबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो । उनी ज्वरो , खोकी र निमोनियाको समस्याबाट ग्रसित थिइन् ।
पछिल्लो एक हप्तामा कोरोना संक्रमणका कारण पर्सा र बाराका गरी ५ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: १४:३१ बजे, आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











