Kathmandu Press

बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, वैशाख ५ : स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल...
बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, वैशाख ५ : स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साता कारोबारको पहिलो दिन तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो। 

यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ। 

यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो। 

प्रकाशित मिति: १२:३० बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्