Kathmandu Press

बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

झापा, वैशाख ५ : झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन्। ज्योति बिमलीको एकल लगानीमा सञ्चालित...
बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

झापा, वैशाख ५ : झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन्। ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर  ६० लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए।

विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो। इँटा, काठ र छिनको छानोले सो बाख्राफार्म निर्माण भएको थियो। आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ। इलाका प्रहरी कार्यालय बुधबारेले आगलागीको कारण र घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: १२:०९ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्