Kathmandu Press

सेती नदीमा बगेर एक युवक बेपत्ता

सेती नदीमा बगेर एक युवक बेपत्ता

डोटी, वैशाख ४ : सेती नदीमा नुहाउने क्रममा बगेर शनिबार दिउँसो एक जना युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा जिल्लाको सायल गाउँपालिकाका करिब ३० वर्षीय सूर्यबहादुर बोगटी रहेका छन्। दिपायल सिलगढी नगरपालिका ४ पिपल्लास्थित सेती नदीमा नुहाउने क्रममा बोगटी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपसिंह थापाले जानकारी दिए।

सूर्यले लगाएको कपडा नदीको किनारामा भेटिको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेका छन्। नदीमा पानीको बहाव बढी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ।

गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत चैतमा नदीमा पौडी खेल्दा एक जना डुबेर मृत्यु भएको थियो।

प्रकाशित मिति: १९:४६ बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्