Kathmandu Press

आसिफले पनि बनाए डेब्युमै अर्धशतक

काठमाडौं, वैशाख ४ : नेपाली राष्ट्रिय टिमका लागि पहिलो खेल खेलिरहेका आसिफ सेखले पनि डेब्यू खेलमै अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक...
आसिफले पनि बनाए डेब्युमै अर्धशतक

काठमाडौं, वैशाख ४ : नेपाली राष्ट्रिय टिमका लागि पहिलो खेल खेलिरहेका आसिफ सेखले पनि डेब्यू खेलमै अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी त्रिकोणात्मक टि–२० सिरिजको उद्घाटन खेलमा नेदरल्यान्ड्सविरुद्ध आसिफले अर्धशतक बनाएक हुन्।

कुशल भुर्तेलसँगै नेपाली इनिङको सुरुवात गरेका आसिफले १४औं ओभरमो चौथो बलमा छक्का प्रहार गर्दै राष्ट्रिय टिममा डेब्यू खेलमै अर्धशतक बनाएका हुन्। उनले उनले ३६ बलमा समान ४चौका र छक्का प्रहार गरे।

यसअघि कुशल भुर्तेलले पनि डेब्यू मै अर्धशतक प्रहार गरेका थिए । आक्रमण इनिङ खेलेका भुर्तेलले ३० बलमा ५ चौका ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। कुशलले ४६ बल खेल्दै ५ चौका र ५ छक्का प्रहार गर्दै ६४ रन बनाए ।

पहिलो टि–२० आई खेलिरहेका कुशल र आसिफले नेपालका लागि ओपनिङ गर्दै कीर्तिमानी साझेदारी गरे । यी दुईले १२।४ ओभरमा ११६ रनको साझेदारी गरे । यो टि–२० क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी गरे।

प्रकाशित मिति: १६:११ बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्