Kathmandu Press

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

उदयपुर, वैशाख ४ : बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ः००...
अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

उदयपुर, वैशाख ४ : बेलका नगरपालिका–१ आम्बासीमा एक पोलिक्लिनिक सञ्चालन गर्दै आएका मेडिकल सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार रातको १२ः०० बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी घर भई बेलकाको आम्बासीमा मेडिकल सञ्चालन गर्दै आएका २६ वर्षीय सुबोध यादव लागुऔषधसहित पक्राउ परेका हुन्।

यादवले औषधि पसल सञ्चालन गर्ने नाममा लागुऔषध कारोवार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरीले कार्यालय बेलका रामपुरले यादवको पोलिक्लिनिक प्रालिमा छापा मार्दा लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

क्लिनिकमा छापा मार्दा ट्रमाडोल हाइड्रोक्लोराइड १५० ट्याब्लेट, डाइमाइसो माइन ५२५ ट्याब्लेट, स्लाइन डिवाफिल–डी ३२५ र जुनग्रारेड ५० ट्याब्लेटसहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै नगद एक लाख १७ हजार रुपैयाँ र एक मोबाइलसमेत बरामद गरिएको छ।
 

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्