Kathmandu Press

हतौडा प्रहार गरी बालकको हत्या, एक जना पक्राउ

हतौडा प्रहार गरी बालकको हत्या, एक जना पक्राउ

बैतडी, वैशाख ४ : हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो। 

महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए। मामाघर दोगडाकेदार आएका महेशमाथि नारायणले आज बिहान साढे ११ बजेतिर घरमै हतौडा प्रहार गरेका हुन्। हतौडा प्रहार भएलगत्तै महेशको घटनास्थलमै मत्यु भएको हो। 

के कति कारणले महेशको हत्या भयो भन्नेबारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ। महेश आफ्नी आमासँगै मामाघर आएको बताइएको छ।  सो चौकीका प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। नारायणलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।  घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थल जाने तयारीमा छ। 

प्रकाशित मिति: १५:२० बजे, शनिबार, वैशाख ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्