Kathmandu Press

प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित

मोरङ, वैशाख ३ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३३ कोरोना संक्रमित थपिएका छन् । दुई ९४ जनाको पिसीआर परीक्षण गर्दा...
प्रदेश १ मा थपिए ३३ कोरोना संक्रमित

मोरङ, वैशाख ३ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३३ कोरोना संक्रमित थपिएका छन् । दुई ९४ जनाको पिसीआर परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पजेटिभ आएको हो ।

संक्रमति ३३ मध्ये  ११ महिला र २२ पुरुषको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जसमा मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २–२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मोरङमा कोरोना संक्रमण देखिएका १८मध्ये विराटनगरमात्रै १४ जनामा संक्रमण देखिएको छ।

प्रदेशमा संक्रमितको संख्या ३० हजार पाँच ६५ पुगेको छ। त्यसमध्ये २९ हजार ८७८ निको भएका छन् । अहिले प्रदेश १मा दुई सय १५ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्