Kathmandu Press

सुर्तीजन्य पदार्थमा राजस्व बढाउनुपर्ने सुझाव

काठमाडौं, वैशाख ३ : नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ। स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्त रुपमा आज...
सुर्तीजन्य पदार्थमा राजस्व बढाउनुपर्ने सुझाव

काठमाडौं, वैशाख ३ : नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ। स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियाका सहभागी वक्ताले नेपालमा सस्तो सुर्तीजन्य पदार्थ बिक्री वितरण पाइएकाले राजस्व बढाएर सेवनमा नियन्त्रण गर्न सकिने बताए। 

राजस्व बढाइएका खण्डमा चुरोट, खैनी, सुर्ती र गुट्खा महँगो पर्ने र व्यक्तिको सेवनमा न्यूनीकरण गर्न सकिने बताइएको छ। सहभागीले नेपालमा अहिले ३० प्रतिशत सुर्तीजन्य पदार्थमा राजस्व लिने गरिएकामा ७० प्रतिशतसम्म पुर्‍याउनुपर्ने जोड दिए। 

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले सुर्तीजन्य पदार्थमा राजस्व बढाएर चुरोट, खैनी, सुर्ती र गुट्खाको सेवनलाई  नियन्त्रण गर्न सकिने धारणा राखे। सुर्तीजन्य पदार्थ सस्तोमा पाइने भएकाले राजस्व बढाएर महँगो पर्ने भएपछि सेवन पनि कम हुने उनको भनाइ थियो। 

नेपालमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा नै भन्दा सस्तो दरमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण हुन्छ। 

काठमाडौं महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले सार्वजनिक स्थानमा धूमपान गर्नेलाई प्रहरीले कारवाही गरिरहेको जानकारी दिए। उनका अनुसार यस वर्ष ३८ हजारलाई सम्झाइबुझाइ गरिएको तथा २०० कक्षा लिइएको र सात हजार १८७ लाई कारवाही गरिएको छ। 

 


 

प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्