सर्वोच्चको न्यायाधीशमा सिफारिश सुवेदी र चुँडाल संसदीय सुनुवाई समितिबाट अनुमोदित
काठमाडौं, वैशाख ३ : संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ। समितिले डा. कुमार चुँडाल र...
काठमाडौं, वैशाख ३ : संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ। समितिले डा. कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।
समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो। यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो।
प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, वैशाख ३, २०७८
थप समाचार






