Kathmandu Press

शेयर बजार टेवा क्षेत्र नजिक

काठमाडाैं, जेठ २७ : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ८ दशमलव ७८ अंकले घटेर १२७५ दशमलव ८१ को विन्दुमा पुगेको छ।

दोस्रो बजा....

शेयर बजार टेवा क्षेत्र नजिक

काठमाडाैं, जेठ २७ : साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ८ दशमलव ७८ अंकले घटेर १२७५ दशमलव ८१ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा ० दशमलव ६८ प्रतिशतकोे गिरावट छ। दोस्रो बजार १२८४ दशमलव ५९ को विन्दुमा खुलेको थियो भने १२८९ दशमलव ५४ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२७४ दशमलव ४३ थियो। सोमबार दिनभरमा ६१  करोड ३ लाखको शेयर किनबेच भएको छ।

आजको बजारको अवस्था  

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एनआईसी एशिया बैंकको शेयर किनबेच भएको छ। एनआईसी  एशिया बैंकको ४ करोड १८ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका शेयरधनीले सर्वाधिक ७ दशमलव ६१ प्रतिशतले कमाए भने तारागाउँ रिजेन्सी होटलका शेयरधनीले सर्वाधिक ७ दशमलव ३३ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण 
अघिल्लो कारोबार दिन अघिको निष्कर्ष अनुसार यदि बजार १२८४ भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने र अर्को तत्कालीन टेवा १२७० मा रहेको भनिएको थियो। आज बजार १२८४ भन्दा तल रहेको र बजार १२७५ दशमलव ८२ मा बन्द भएको छ।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति चित्रमा देखिए बमोजिम गत ६ सातादेखि बजार प्रवृत्तिहीन रहेको र हाल बजार टेवा क्षेत्रमा रहेको देखिन्छ। अन्तिम दिनको मैनबत्तीले आज पनि बजारमा विक्रेता हाबी रहेको देखिन्छ। आजको परिमाणले विक्रेताको चाप केही मात्रामा कमजोर हुँदै गएको संकेत गरेको छ। 

चित्र नं.२ : १५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत चार दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई १५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। आज पनि बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। समग्रमा १४ समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्सेको प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको र हाल यो ईएमए प्रतिरोधको रुपमा देखिएको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स २९ दशमलव ७७ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सकारात्मक भइहाल्ने संकेत दिएको देखिँदैन। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निष्कर्ष 

माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकले नेप्से टेवा क्षेत्रनजिक भए पनि बजार सकारात्मक भइहाल्ने संकेत गरेको भने देखिँदैन। त्यसैले बजारबाट हुन सक्ने जोखिम कम गर्नलाई नेप्से प्रवृत्ति र सूचकहरुको सकारात्मक संकेत कुर्नु पर्ने देखिएकाले हाल ‘पर्ख र हेर’को रणनीति अपनाउन उपयुक्त देखिन्छ। हालको सामान्य प्रतिरोध १२८५ मा रहेको देखिन्छ भने टेवा १२७० को क्षेत्रमा रहेको देखिन्छ।


 

प्रकाशित मिति: १८:२३ बजे, सोमबार, जेठ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्