पूर्णिमा श्रेष्ठसहित चार जना महिलाले गरे पहिलो पटक अन्नपूर्ण हिमालको सफल आरोहण
काठमाडौं, वैशाख ३ : आरोही पूर्णिमा श्रेष्ठसहित चार जना महिलाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्। नेपाली महिलाले अन्नपूर्ण हिमाल आरोहण गरेको यो पहिलो...
काठमाडौं, वैशाख ३ : आरोही पूर्णिमा श्रेष्ठसहित चार जना महिलाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्। नेपाली महिलाले अन्नपूर्ण हिमाल आरोहण गरेको यो पहिलो पटक हो।
श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पाले बिहीबार अन्नपूर्ण हिमालको सफल आरोहण गरि कीर्तिमान कायम गरेका हुन्।
फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखा आरूघाटकी हुन्। उनले यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी थिइन्।
उनीहरू सेभेन समिट ट्रेकिङ एजेन्सीबाट गएका थिए। यो आरोहण टिममा १० जना रहेको सेभेन समिटले जनाएको छ।
प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1784031842.jpg)




-1784031842.jpg)

