Kathmandu Press

प्रधानमन्त्री ओली र टर्कीका उपराष्ट्रपति ओक्तेबीचबीच भेटवार्ता

जेनेभा, जेठ २७ :  प्रधानमन्त्री केपी शर्मा ओली र  टर्कीका उपराष्ट्रपति फुआत ओक्तेबीच द्विपक्षीय भेटवार्ता भएको छ।

जेनेभास्थित....

प्रधानमन्त्री ओली र टर्कीका उपराष्ट्रपति ओक्तेबीचबीच भेटवार्ता

जेनेभा, जेठ २७ :  प्रधानमन्त्री केपी शर्मा ओली र  टर्कीका उपराष्ट्रपति फुआत ओक्तेबीच द्विपक्षीय भेटवार्ता भएको छ।

जेनेभास्थित राष्ट्रसंघीय भवनमा सोमबार उनीहरुबीच भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव शंकरदास वैरागीको उपस्थिति थियो।

प्रधानमन्त्री ओलीको स्वीस महासंघका काउन्सिलरसमेत रहेका स्वीट्जरल्याण्डका वर्तमान गृहमन्त्री आलेँ बेरसे र नर्वेका प्रधानमन्त्री एर्ना सोल्वर्गसँग सोमबारै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।  

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, जेठ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्