६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’
काठमाडौं, वैशाख ३ : सरकारले देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ दिने भएको छ ।वैशाख ६ र सात गते दिइने उक्त भिटामिन ६ देखि ५९ महिनाका...
काठमाडौं, वैशाख ३ : सरकारले देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ दिने भएको छ ।
वैशाख ६ र सात गते दिइने उक्त भिटामिन ६ देखि ५९ महिनाका बालबालिकालाई दिईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र ६ देखि ३३ महिनाका बालबालिकालाई बालमिटा पनि दिन मन्त्रलयले अभिभावकलाई आग्रह गरेको छ ।
उक्त कार्यक्रममा उपस्थित हुँदा सबैले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने लगायतका जनस्वास्थ्यका मापदण्ड पालन गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1784031842.jpg)




-1784031842.jpg)

