Kathmandu Press

फेडेक्सको कार्यलयमा गोली चल्यो, दर्जानौँ घाइते 

वासिङटन, वैशाख ३ : अमेरिकाको इण्डियाना राज्यको इण्डियानापोलिस सहरमा रहेको डेलिभरी कम्पनी फेडेक्सको कार्यलयमा अन्धाधुन्दा गोली चल्दा दर्जनौं घाइते भएका छन् । इण्डियानापोलिस सहरको...
फेडेक्सको कार्यलयमा गोली चल्यो, दर्जानौँ घाइते 

वासिङटन, वैशाख ३ : अमेरिकाको इण्डियाना राज्यको इण्डियानापोलिस सहरमा रहेको डेलिभरी कम्पनी फेडेक्सको कार्यलयमा अन्धाधुन्दा गोली चल्दा दर्जनौं घाइते भएका छन् । इण्डियानापोलिस सहरको मिराबेल रोड, ८९५१मा रहेको फेडेक्सको कार्यलयमा बिहीबार अन्धाधुन्दा गोली चल्दा दर्जनौँ घाइते भएका हुन्। 

इण्डियानापोलिस मेट्रोपोलिटन प्रहरी विभागका प्रवक्ता जेने कुकले इन्डियानापोलिसको फेडेक्सको कार्यलयमा अन्धाधुन्दा गोली चलेपछि दर्जनौं घाइतेलाई अस्पतालमा भर्ना गरिएको बताएका छन्। 

प्रहरी प्रवक्ता जेने कुकले ती बन्दुधारीले घटनापछि आत्माहत्या गरेको र कुनै चिन्ताको विषय नरहेको बताएका छन्। 

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्