Kathmandu Press

तोलामा ९० हजारभन्दा माथि पुग्याे सुनको मूल्य

काठमाडौं, वैशाख ३ : नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धि भएको छ। सुनको मूल्य ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको...
तोलामा ९० हजारभन्दा माथि पुग्याे सुनको मूल्य

काठमाडौं, वैशाख ३ : नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धि भएको छ। सुनको मूल्य ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ। जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो।

Hardik ivf

शुक्रबारको सुनको मूल्य गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको महासंघले जनाएको छ। आजका लागि महासंघले तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ तोकेको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार तीन सय रुपैयाँ पुगेको छ। बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्