Kathmandu Press

हार्डवेयर पसलमा आगलागी

बागलुङ, वैशाख ३ : बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन्।...
हार्डवेयर पसलमा आगलागी

बागलुङ, वैशाख ३ : बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । 

आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन्। दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए। हार्डवयर पसलमा आगलागी हुँदा ५० लाख रुपैयाँ बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ। 

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ। यसै साता मात्रै बानपा–३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा करिब २० लाख रुपैयाँको क्षति भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुराँमा आगलागी हुँदा १३ लाख रुपैयाँको क्षति भएको थियो।

प्रकाशित मिति: १२:०५ बजे, शुक्रबार, वैशाख ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्