Kathmandu Press

गुठी विधेयक संविधानको अनुकूल  छः मन्त्री अर्याल

काठमाडाैं, जेठ २७ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी न....

गुठी विधेयक संविधानको अनुकूल  छः मन्त्री अर्याल

काठमाडाैं, जेठ २७ : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी छिन्।

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा विधेयकबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भनिन्,“गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शंका नगरौं,  अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ।”  मन्त्री अर्यालले गुठीबारे एकरुपता ल्याउनका लागि प्राधिकरणको विषय विधेयकमा ल्याइएको बताइन्।

गुठीलाई अलिक वैज्ञानिक हिसाबले अगाडि बढाउन खोजिएको प्रष्ट मन्त्री अर्यालले बताइन्। निजी गुठीलाई सार्वजनिक बनाउन सकिने तर सार्वजनिक गुठीलाई बनाउनै सकिँदैन भन्दै उनले गुठी विधेयकबारे आशंका नगर्न आग्रह समेत गरिन्। 

नेवा राजनीतिक अभियान तथा नेवा गुठी संघसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघरमण्डलमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लठ्ठी प्रहार गरेको भन्दै कांग्रेसका सा‌ंसदरुहरुले सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गर्दै बैठकमा अवरोध गरेका थिए। घटनाबारे गृहमन्त्रीले सभामा जवाफ दिने आश्वासन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएपछि बैठक शुरू भएको थियो।

बैठकमा कांग्रेसका सांसद राधेश्याम अधिकारीले गुठी विधेयक सामान्य नभएकाले समाजमा ल्याउने समस्याबारे संसद्लाई जानकारी गराउँदा समेत सुनुवाइ नभएकोमा आपत्ति जनाए। सांसद वृषेशचन्द्र लाल र सरिता प्रसाईँले गुठी विधेयक संशोधन गर्नुपर्ने माग गरेका थिए।
 

प्रकाशित मिति: १६:४७ बजे, सोमबार, जेठ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्