सांसद बोहरालाई निलम्बनका लागि माओवादीको पत्र प्रदेशसभामा
धनगढी, वैशाख २ : नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्न पठाएको पत्र प्रदेश सभामा दर्ता भएको छ।माओवादीको सुदूरपश्चिम...
धनगढी, वैशाख २ : नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सभाका सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्न पठाएको पत्र प्रदेश सभामा दर्ता भएको छ।
माओवादीको सुदूरपश्चिम संसदीय दलले बिहीबार बोहराले दल त्याग गरेको पत्र प्रदेश सभामा दर्ता गराएको हो। यो पत्र दर्ता भएसँगै सांसद बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु भएको छ।
अछाम १ (ख) बाट निर्वाचित सांसद बोहरा यसअघि सुदूरपश्चिम सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए। उनले तत्कालीन नेकपामा विवाद भएपछि राजीनामा दिएका थिए।
सर्वोच्च अदालतको फैसलासँगै नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँतिएपछि उनी एमालेको ओली पक्षमा लागेका छन्।
सभामुखको सचिवालयका अनुसार माओवादी संसदीय दलका तर्फबाट प्रमुख सचेतक अक्कल रावलले प्रदेश सभा सचिवालयमा सांसद बोहरा दलमा नरहेको सूचना दर्ता गराएका हुन्। राजनीतिक दल त्याग गरेमा सांसद पद पनि गुम्ने व्यवस्था रहेको छ।




-1784031842.jpg)




-1784031842.jpg)

