Kathmandu Press

देशका १३ स्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने

काठमाडौं, वैशाख २ : मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ।खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवर्द्धनका लागि पाँच...
देशका १३ स्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने

काठमाडौं, वैशाख २ : मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ।

खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवर्द्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको छ। विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुङ्गा, तामा, मार्बल, बालुवा र कावालीन उत्खनन तथा अन्वेषणणका लागि बोलपत्र आह्वान गरिएको बताए।

विभागले सल्यानको कपुरकोट, धादिङको बेनिघाट–रोराङ गाउँपालिकाको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा, मकवानपुरको सुपिनमा मार्बल, गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोकको पाँच स्थानमा बालुवा उत्खनन गर्न लागेको छ।

धादिङको बेनीघाट–रोराङ गाउँपालिकास्थित धुसा, म्याग्दीको ओखरबोट र मकवानपुरको आग्राखोलामा तामा र मकवानपुरको दामनमा कावालीनको विस्तृत अन्वेषण गर्न लागेको छ।

महानिर्देशक घिमिरेलले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका स्वदेशी तथा विदेशी कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्ताव अध्ययन गरेर राम्रो कम्पनीलाई उत्खननका लागि अनुमति प्रदान गरिने बताए। खानी तथा खनिज पदार्थ नियमावलीअनुसार प्राविधिक प्रस्तावमा ६० प्रतिशत र आर्थिक प्रस्तावलाई ४० प्रतिशत आधार मानेर मूल्याङ्कन गर्ने गरिन्छ। (रासस)

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्