कोरोनाको उच्च संक्रमणमा २० देखि ३९ वर्षका युवा
नेपालमा पनि कोरोनाको दोस्रो लहर चल्न थालेसँगै संक्रमणको चपेटामा युवा परिरहेका छन्। विशेष गरेर ४० वर्षमुनिका युवामा संक्रमण बढी देखिएको छ।
काठमाडौं, वैशाख २ : नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहर चल्न थालेसँगै संक्रमणको चपेटामा युवा परिरहेका छन्। विशेष गरेर ४० वर्षमुनिका युवामा संक्रमण बढी देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तत्थ्यांक अनुसार, पछिल्लो तीन दिनमा देखिएका संक्रमितमध्ये सबैभन्दा बढी २० देखि ३९ वर्षका छन्। त्यसमा पनि ३० देखि ३९ वर्षका धेरै छन्।
कुल पाँच सय ३४ जना संक्रमितमध्ये २० देखि ३९ वर्षका दुई सय २१ जनामा संक्रमण देखिएकाे छ। बुधबार पनि पाँच सय ८० जनामा २० देखि ३९ वर्षका दुई सय ८१ जना थिए।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार देखिएका संक्रमितमध्ये ३० देखि ३९ वर्षका एक सय १४ जनामा संक्रमण देखिएकाे छ। त्यस्तै, दोस्रो नम्बरमा २० देखि २९ वर्षका एक सय सात जना छन्।
यसैगरी ४० देखि ४९ वर्षका ९२ जना, ५० देखि ५९ वर्षका ७२ जना, ६० देखि ६९ वर्षका ३३ जना, ७० देखि ७९ वर्षका १२ जना, ८० देखि ८९ वर्षका पाँच र ९० देखि १०० वर्षका दुई जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, ९ वर्षसम्मका १२ बालबालिका र १० देखि १९ वर्षसम्मका ४० जनमा कोरोना देखिएको छ।
यस्तै, बुधबार पुष्टि भएका पाँच सय ८० जना संक्रमितमध्ये ३० देखि ३९ वर्षका सबैभन्दा धेरै एक सय ४३ जना थिए। त्यस्तै, २० देखि २९ वर्षका एक सय ३८ जनामा संक्रमण देखिएको थियो।
मन्त्रालयको तथ्यांकअनुसार, ४० देखि ४९ वर्षका एक सय दुई जना, ५० देखि ६९ वर्षका ६९ जना, ६० देखि ६९ वर्षका २८ जना, ७० देखि ७९ वर्षका २२ जनामा संक्रमण देखिएको थियो। यस्तै, ८० देखि ८९ वर्षका ६ जना र ९० देखि १०० वर्षसम्म दुई जनामा कोरोना देखिएको थियो।
यसैगरी ९ वर्षका २२ बालबालिकामा पनि संक्रमण देखिएको थियो। मन्त्रालयका अनसार १० देखि १९ वर्षका ४८ संक्रमित रहेका थिए।
मंगलबार पनि ३० देखि ३९ वर्षकै बढी थिए। कुल चार सय ६० संक्रमितमध्ये ३० देखि ३९ वर्षका एक सय १९ जना र २० देखि २९ वर्षका एक सय १० जनामा संक्रमण देखिएको थियो।
यसैगरी, ४० देखि ४९ वर्षका ७० जना, ५० देखि ५९ वर्षका ६७ जना, ६० वर्षभन्दा माथिका ४६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, ९ वर्षसम्मका पाँच जना बालबालिका र १० देखि १९ वर्षसम्मका ४३ मा पनि संक्रमण पुष्टि भएको थियो।
अहिलेसम्मकै तत्थ्यांक हेर्ने हो भने कुल संक्रमितमध्ये सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेरका छन्। कुल दुई लाख ८२ हजार ५४ जना संक्रमितमध्ये २१ देखि ३० वर्षका ७५ हजार दुई सय ३० जना छन्।
त्यस्तै, ३१ देखि ४० वर्षका ७३ हजार ६ सय ४८ जना, ४१ देखि ५० वर्षका ४६ हजार नौ सय एक जना र ५१ देखि ६० वर्षका ३१ हजार एक सय ६७ जना संक्रमण भएका छन्। यसैगरी ६१ देखि ७० वर्षका १६ हजार पाँच सय ४० जना, ७१ देखि ८० वर्षका आठ हजार आठ सय १९ जना र ८० वर्षभन्दा माथिका चार हजार सात सय ५५ जना संक्रमित रहेका छन्।
बालबालिकाको संख्या पनि कम छैन। अहिलेसम्म १० वर्षका ६ हजार पाँच सय ८६ बालबालिका र ११ देखि २० वर्षका १८ हजार चार सय आठ जना संक्रमित भइसकेका छन्।












-(86)-1764936079.jpg)