सामसङले ल्यायो एक्सचेन्ज योजना
काठमाडौं, वैशाख २ : सामसङले एनसेलसँगको सहकार्यमा ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना ल्याएको छ । नयाँ वर्षको योजना अनुसार सामसङ कम्पनीले ग्राहकलाई आफ्नो फिचर...
काठमाडौं, वैशाख २ : सामसङले एनसेलसँगको सहकार्यमा ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना ल्याएको छ । नयाँ वर्षको योजना अनुसार सामसङ कम्पनीले ग्राहकलाई आफ्नो फिचर स्मार्टफोनसँग फोरजी चल्ने नयाँस्मार्टफो नसाट्न सक्ने योजना ल्याएको हो ।
एक्सचेन्ज योजना अन्तर्गत ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्नेछन् । साथै ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गतको यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म एक जीबीका दरले एनसेल डाटा पाउने कम्पनीले जनाएको छ ।
ग्राहकले पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनुपर्ने, फोनको ब्याट्रि,स्क्रीन र फोन को बडी सहि अवस्थामा हुनुपर्ने शर्त राखेको छ । शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरि नयाँ फोन किन्नका लागि ग्यारेन्टिड ८ सय रुपैयाँका साथ एक्स्चेन्ज प्रदान गरिनेछ ।
ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्ने भएकाले उक्त योजना ल्याईएको कम्पनीको दावी छ । भने यो योजना वैशाख १ गते देखि सीमित अवधिका लागि संचालनमा रहेको कम्पनीले जनाएको छ ।




-1784031842.jpg)




-1784031842.jpg)

