Kathmandu Press

कर्णालीका मुख्यमन्त्री शाहीलाई मत दिन माओवादीको अपिल

वीरेन्द्रनगर, वैशाख २ : कर्णाली प्रदेशको नेकपा (माओवादी केन्द्र) संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिन अपिल गरेको छ।बिहीबार माओवादी संसदीय दलकी...
कर्णालीका मुख्यमन्त्री शाहीलाई मत दिन माओवादीको अपिल

वीरेन्द्रनगर, वैशाख २ : कर्णाली प्रदेशको नेकपा (माओवादी केन्द्र) संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिन अपिल गरेको छ।

बिहीबार माओवादी संसदीय दलकी प्रमुख सचेतक सीताकुमारी नेपालीले विज्ञप्ति जारी गरी मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपाका सांसदलाई अपिल गरेकी हुन्।

शुक्रबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यतालिका रहेको छ। शुक्रबार दिउसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहीले विस्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्।

चैत ५ गते नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा छन्। उनलाई शुक्रबार विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता रहेको छ।

कर्णाली प्रदेशका ४० सदस्य मध्ये माओवादीका एक सांसद कारबाहीमा परेका छन्। अब प्रदेशमा ३९ सदस्य छन्। विश्वासको मतका लागि २० सांसद आवश्यक पर्छ।

प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्। शाहीलाई विश्वासको मत पुग्न एमाले सांसदले पनि मतदान गर्नुपर्नेछ। एमाले सांसदले मतदान नगरे शाही सरकार ढल्नेछ।

 

प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्