Kathmandu Press

द्रूतमार्ग सडक आयोजनासम्बन्धी लेख–रचना समेटिएको जर्नल प्रकाशित

काठमाडौं, वैशाख २ : नेपाली सेनाले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनासम्बन्धी लेख–रचनाको संग्रह (केटिएफटी जर्नल) प्रकाशन गरेको छ। राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुुग्ने राष्ट्रिय गौरव...
द्रूतमार्ग सडक आयोजनासम्बन्धी लेख–रचना समेटिएको जर्नल प्रकाशित

काठमाडौं, वैशाख २ : नेपाली सेनाले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनासम्बन्धी लेख–रचनाको संग्रह (केटिएफटी जर्नल) प्रकाशन गरेको छ। राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुुग्ने राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको द्रुतमार्ग सडक आयोजनाको वस्तुस्थिति तथा गतिविधि समेटिएको उक्त जर्नलको आज प्रधानसेनापति पूर्णचन्द्र थापाले सार्वजनिक गरे। 

जर्नलमा सैनिक तथा गैरसैनिक व्यक्तिका कूल २० लेख समेटिएका छन् । त्यसमा ११ अनुसन्धानमूलक र नौ जानकारीमूलक रचना संग्रिहित छन्। कार्यक्रममा प्रधानसेनापति थापाले उत्कृष्ट तीन लेख–रचनाका लेखकलाई पुरस्कार प्रदान गर्नुभएको थियो। पदमकुमार आङ्बो, अनन्तसिंह भाट र गौरव भट्टराईका लेख क्रमशः प्रथम, दोस्रो र तृतीय भएका थिए। यस्तै विभिन्न अनुसन्धानात्मक तथा जानकारीमूलक लेख उपलब्ध गराउने लेखकलाई पनि प्रधानसेनापतिले कदरपत्रद्वारा सम्मान गरेका थिए । 

कार्यक्रममा द्रुतमार्ग आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले देशको राजधानी काठमाडौँ र तराई÷मधेस जोड्ने देशकै पहिलो द्रूतमार्ग आयोजनाको बहुआयामिक महत्व र यसका विविध पाटाका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी लेख रचना प्रकाशन गरिएको बताए।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको द्रुतमार्गको निर्माण कार्यको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन मुलुकको रक्षा तथा विकास निर्माणमा नेपाली सेनाले आफूलाई उभ्याउँदै आएको छ। 

सरकारले २०७४ सालमा राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुग्ने राष्ट्रिय गौरव एंव रणनीतिक महत्व बोकेको द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। कूल ७२.५ किलोमिटर लम्बाइको यस आयोजनाको भौतिक प्रगति १२.९ र वित्तीय प्रगति ९.५२ प्रतिशत रहेको सेनाले जनाएको छ। विभिन्न ११ क्लष्टरमा विभाजन गरी सेनाले द्रूतमार्ग निर्माणको काम गर्दै आइरहेको छ। आयोजनामा १०.५९ किलोमिटर पुल र ६.४९ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ। आव २०८०÷८१ मा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ। 
 

प्रकाशित मिति: १७:५६ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्