Kathmandu Press

सञ्चारमन्त्रीद्वारा हिम आरोहीलाई बिदाइ

काठमाडौं, वैशाख २ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई आज बिदाइ गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘थ्रि सिष्टर...
सञ्चारमन्त्रीद्वारा हिम आरोहीलाई बिदाइ

काठमाडौं, वैशाख २ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हिम आरोही टोलीलाई आज बिदाइ गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘थ्रि सिष्टर अन सेभेन समिट अभियान टोलीलाई बिदाइ’ कार्यक्रममा मन्त्री गुरुङले नेपालको झण्डा हस्तान्तरण गरेर सो टोलीलाई बिदाइ गरे।

दोलखा, गौरीशङ्कर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनी ३० वर्षीया निमाजाङ्बु, २६ वर्षीया छिरिङनाम्गे र २४ वर्षीया दावाफुटी शेर्पाले शुक्रबारदेखि सातै महादेशका सात अग्ला शिखर आरोहण गर्नेछन्। आरोहीको तीन वर्षभित्र सातै हिम आरोहण गर्ने योजना छ। सो अवसरमा सरकारका प्रवक्ता गुरुङले आरोहण सफल बनाउन मन्त्रालयले सक्दो सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे। 
 

प्रकाशित मिति: १७:५० बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्