Kathmandu Press

यस वर्ष पनि विक्रमबाबा मेला स्थगित

चितवन, वैशाख २ : हरेक वर्ष चैते दशैँका अवसरमा लाग्ने विक्रमबाबा मेला यस वर्ष पनि बन्द गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो...
यस वर्ष पनि विक्रमबाबा मेला स्थगित

चितवन, वैशाख २ : हरेक वर्ष चैते दशैँका अवसरमा लाग्ने विक्रमबाबा मेला यस वर्ष पनि बन्द गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने सो मेला कोरोना जोखिमका कारण बन्द भएको हो। सरकारले २५ भन्दा बढीको भेला हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेसँगै गत चैत ३१ गतेदेखि शुरु भएको सो मेला बन्द गरिएको हो।

कोरोनाको सङ्क्रमणको जोखिम रहेकाले यस वर्ष पनि मेला बन्द गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। गत वर्ष कोरोना जोखिका कारण सो मेला स्थगन गरिएको थियो। विक्रमबाबा मेलामा भक्तजनको निकै भीड लाग्ने र यसले थप कोरोनाको जोखिम बढाउने हुँदा दुई वर्षदेखि मेला बन्द गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। 

चैते दशैँलाई लक्ष गरी हरेक वर्ष चैत्र औंँसीदेखि पूर्णिमासम्म मेला लाग्ने गथ्र्यो। विक्रमबाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढ्दै गएको थियो।

विक्रमबाबामा दर्शन गर्नाले सन्तान प्राप्ति र सुखलगायत मनोकांङक्षा पूरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौँ भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपक्षी बलि दिने गर्दथे। किम्वदन्तीअनुसार विक्रम नाम गरेको आदिवासी (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने तथा परिवारमा शान्ति, सन्तान प्राप्ति र  मनोकामना पूरा हुने  विश्वास छ।

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्