सिमेन्ट उद्योग व्यवस्थापक मृत भेटिए
सुरुङ्गा, माघ १२ : झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् ।
....

सुरुङ्गा, माघ १२ : झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् ।
उनी हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए ।
पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै शङ्कास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताए ।
प्रकाशित मिति: १२:५३ बजे, शनिबार, माघ १२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)