Kathmandu Press

कोरोनाबाट पत्रकार कमल मिश्रको मृत्यु

झापा, वैशाख २ : कोरोना संक्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ। उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका...
कोरोनाबाट पत्रकार कमल मिश्रको मृत्यु

झापा, वैशाख २ : कोरोना संक्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ। उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो।

विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए। भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो। उनी विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्