लागु औषधसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, वैशाख २ : पर्साको वीरगञ्जबाट लागु औषधसहित भारतीय नागरिकलाई पक्राउ परेका छन्।
बुधवार राती वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट बिहारको मोतिहारी घर भएका २५ वर्षीय भोला दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भोलाको साथबाट प्रहरीले डाइजेपाम ४ सय ९६ एम्पुल, फेनारगन ४ सय ९६ एम्पुल र सोही परिमाणको नुर्फिन बरामद गरेको छ।

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1784031842.jpg)




-1784031842.jpg)

