Kathmandu Press

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

झापा, वैशाख २ : पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ ।काठमाडौंको...
एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

झापा, वैशाख २ : पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ ।

काठमाडौंको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पुर्‍याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका–७ बस्ने घिमिरेको मृत्यु भएको हो।

एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते थिए। दुवैलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा लगिएको थियो। घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको विएण्डसीमै उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: १२:३० बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्