Kathmandu Press

डेनमार्कले रोक्यो अस्ट्राजेनेका खोप

कोपेनहेगन, वैशाख २ : डेनर्माकले कोरोना भाइरस विरुद्धको खोप अस्ट्राजेनेकाको प्रयोगमा रोक लगाएको छ। अस्ट्राजेनेका खोपको प्रयोगले रगत जम्ने समस्या देखिएको कारण डेनमार्कले अस्ट्राजेनेकाको...
डेनमार्कले रोक्यो अस्ट्राजेनेका खोप

कोपेनहेगन, वैशाख २ : डेनर्माकले कोरोना भाइरस विरुद्धको खोप अस्ट्राजेनेकाको प्रयोगमा रोक लगाएको छ। अस्ट्राजेनेका खोपको प्रयोगले रगत जम्ने समस्या देखिएको कारण डेनमार्कले अस्ट्राजेनेकाको प्रयोगमा रोक लगाएको हो । 

स्वास्थ्य मन्त्रालयले खोपको कारण रगत जम्ने समस्या देखापरेपछि डेनमार्कमा अस्ट्राजेनेका खोपको प्रयोगमा रोक लगाएको बताएको छ । जुलाई २५ देखि डेनमार्कमा खोप लगाउने योजना निर्धारण गरिएको थियो तर यो निर्णयसँगै मिती परिवर्तन भएर अगष्ट पहिलो साता परगेको मन्त्रालयले बताएको छ । 

खोपको कारण रगत जम्ने समस्यामाथि गरिएको अनुसन्धानको नतिजाले ‘वास्तविक र गम्भीर असर देखाएको छ,’ स्वास्थ्य एजेन्सीका प्रमुख सोरेन ब्रोस्ट्रमले भने, ‘समग्र रुपमा छलफल गरेपछि हामीले यस खोपबिना नै सबै लक्षित समूहहरूका लागि खोप कार्यक्रम जारी राख्ने छनौट गरेका छौं ।’ 

डेनमार्कमा ५८ लाख जनसंख्यामध्ये झन्डै दश लाख मानिसले खोपको पहिलो डोज लगाएका छन् जसमा ७७ प्रतिशत मानिसले फाइजर–बायोन्टेक खोप, ७.८ प्रतिशतले मोडेर्ना खोप र १५.३ प्रतिशतले एस्ट्राजेनेका खोप लगाएका थिए। 

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्