हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौं, वैशाख २ : हाइटीका प्रधानमन्त्री जोसेफ जोथेले देशमा बढ्दो हिंसा र राजनितीक कलहका कारण राजिनामा दिएका छन् । हाइटिमा हत्या, अपहरण र राजनितीक...
काठमाडौं, वैशाख २ : हाइटीका प्रधानमन्त्री जोसेफ जोथेले देशमा बढ्दो हिंसा र राजनितीक कलहका कारण राजिनामा दिएका छन् । हाइटिमा हत्या, अपहरण र राजनितीक कलाह बढेसंगै मंगलबार राजिनामा दिएका हुन् ।
प्रधानमन्त्री जोसेफ जोथेले यस वर्ष हुने चुनाव र आउँदो संवैधानिक जनमत संग्रहको तयारी गरिरहेको छन् । उनले सन् २०२० देखि प्रधानमन्त्रीको रुपमा काम गरिरहेका थिए । उनले किन राजीनामा दिए भन्ने स्पष्टिकरण दिएका छैनन् ।
जोथेले पहिले नै राजीनामा बुझाउने प्रयास गरेका थिए तर राष्ट्रपति जोभेनेल मोइजले अस्वीकार गरेका थिए । यस पटक भने राष्ट्रपति मोइजले राजीनामा स्वीकार गरे र क्लाउड जोसेफलाई हाइटीको नयाँ प्रधानमन्त्रीको रूपमा मनोनीत गरेका छन् ।
राष्ट्रपति मोइजल ट्वीट गर्दै जोथेको राजीनामाले असुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न र देशको राजनीतिक र संस्थागत स्थायित्वका लागि आवश्यक सहमतिमा पुग्नको लागि छलफल जारी राख्न सम्भव तुल्याउने बताएका छन् ।
सन् २०१५ देखि अहिले सम्म हाइटीमा आठ प्रधानमन्त्री परिवर्तन भइसकेका छन् ।




-1784031842.jpg)




-1784031842.jpg)

