Kathmandu Press

गुठीसम्बन्धी विधेयकको विरोधमा भोलि प्रदर्शन

काठमाडौं, जेठ २७ : गुठीसम्बन्धी सरकारले ल्याउन लागेको विधेयकको विरोधमा नेवा राष्ट्रिय मुतिm मोर्चाले भोलि प्रदर्शन गर्ने भएको छ।

गुठीसम्बन्ध....

गुठीसम्बन्धी विधेयकको विरोधमा भोलि प्रदर्शन

काठमाडौं, जेठ २७ : गुठीसम्बन्धी सरकारले ल्याउन लागेको विधेयकको विरोधमा नेवा राष्ट्रिय मुतिm मोर्चाले भोलि प्रदर्शन गर्ने भएको छ।

गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै आइतबार पनि माइतीघर मण्डलमा नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले प्रदर्शन गरेको थियो।

जसमा प्रहरीले धरपकड तथा लाठीचार्ज गरेको थियो। लाठी प्रहारबाट असनका सजीव बज्राचार्य, महेश्वर रञ्जित र कृष्ण मानन्धर घाइते भएका थिए।

शान्तिपूर्ण जुलुसमा प्रहरीले दमन गरेको जनाउँदै मुक्ति मोर्चाले प्रदर्शन गर्न लागेको हो। मोर्चाले असनबाट विरोध र्‍याली निकाल्ने जनाएको छ।

विरोध प्रदर्शनमा देशभक्त जनतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेवा राजनीतिक अभियानका सरंक्षक डा. महेशमान श्रेष्ठ र मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठलगायतको सहभागिता रहने जनाएको छ।

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, जेठ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्