Kathmandu Press

च्याउ खाएर बिरामी परेका बालकको मृत्यु, नाैकाे उपचार हुँदै

पाल्पा, जेठ २७ : च्याउ खाएर बिरामी परेकामध्ये थप एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।

पाल्पाको निस्दी गाउँपालिका जङ्गलबाट ल्याइएको च्याउ ....

च्याउ खाएर बिरामी परेका बालकको मृत्यु, नाैकाे उपचार हुँदै

पाल्पा, जेठ २७ : च्याउ खाएर बिरामी परेकामध्ये थप एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।

पाल्पाको निस्दी गाउँपालिका जङ्गलबाट ल्याइएको च्याउ खाएपछि निस्दी–३ का ११ जना बिरामी भएका थिए। उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो।

शनिबार नौ वर्षीया निर्मला सिंह ठकुरीको मृत्यु भएको थियो। आज उपचारका क्रममा चार वर्षीय विष्णु सिंह ठकुुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बिरामीमध्ये अन्य नौ जनालाई थप उपचारका लागि भरतपुर लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज सापकोटाले बताए।

बिरामी परेका ४५ वर्षीय पुरन खाम्चा, ३६ वर्षीया चनकुमारी, १५ वर्षीया विमला, ८० वर्षीय प्रेम सिंह ठकुरी, ३० वर्षीया दानमाया सिंह ठकुरी, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह, निशा सिंह र  निरुता सिंहको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, जेठ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्