Kathmandu Press

घोराही उपमहानगरले फोहोर खरिद गर्ने

दाङ, वैशाख १ : दाङको घोराही उपमहानगरपालिकाले फोहोर खरिद गर्ने भएको छ। यसका लागि फोहोरलाई मोहरमा बदल्ने अभियान सञ्चालन गरेको छ।उपमहानगरले गल्ने र...
घोराही उपमहानगरले फोहोर खरिद गर्ने

दाङ, वैशाख १ : दाङको घोराही उपमहानगरपालिकाले फोहोर खरिद गर्ने भएको छ। यसका लागि फोहोरलाई मोहरमा बदल्ने अभियान सञ्चालन गरेको छ।

उपमहानगरले गल्ने र नगल्नेमा बर्गिकरण गरेर फोहोर खरिद गर्न लागेको हो। गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने र नगल्ने फोहोरलाई पुनः प्रयोगमा ल्याउने गरी यो अभियान सञ्चालन गरेको हो।

घोराहीमा प्लास्टिकबाट ग्यास उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। त्यसका लागि फोहोर खरिद गरिन लागेको उपमहानगरले जनाएको छ।

प्लाष्टिकजन्य, गत्ता, कपडालगायत फोहोर खरिद गर्न लागिएको मेयर नरुलाल चौधरीले बताए। उनका अनुसार पानीका बोतल प्रतिकिलो १० रुपैयाँ, सुर्तीजन्य बस्तुका खोल २ रुपैयाँ, कपडाका टुक्रा ५ रुपैयाँ र गत्ता तथा कार्टुनलाई १० देखि २० रुपैयाँसम्म खरिद गरिनेछ।

 

प्रकाशित मिति: १९:२७ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्