म्यानमारको सेनाले गर्यो नेपाली दम्पतीको हत्या
काठमाडौं, वैशाख १ : म्यानमारको सेनाले म्यानमार गोर्खा समुदायका एक दम्पतीको हत्या गरेको छ । मंगलबार म्यानमारको तामु सहरमा ४० वर्षिय किशन गौतम र...
काठमाडौं, वैशाख १ : म्यानमारको सेनाले म्यानमार गोर्खा समुदायका एक दम्पतीको हत्या गरेको छ । मंगलबार म्यानमारको तामु सहरमा ४० वर्षिय किशन गौतम र ३० वर्षिया हरिमाया गौतमको सेनाले गोली हानि हत्या गरेको हो ।
दम्पतिको शव तामु सहरको नहरको किनारामा फेला परेको थियो ।
मोटर साइकलमा सवार किशन र हरिमायालाई तामु सहरको पहे फुलमा सेनाले गोली हानेको स्थानियले बताएका छन् ।
गौतम दम्पती दुध बेच्न बजार गइरहेको बेला सेनाले चलाएको गोली लागेको थियो ।
गौतम दम्पतिको शव एक स्थानीय राहत समूहले उठाएर अस्पतालको शव गृहमा पठाएका थिए । गौतम दम्पतीको दुई छोरा र एक छोरी छन् ।
प्रकाशित मिति: १५:४४ बजे, बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1784031842.jpg)




-1784031842.jpg)

