Kathmandu Press

यी पाँच जिल्लामा भोलि पनि सार्वजनिक बिदा

काठमाडौं, वैशाख १ : सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिने भएको छ।बिहीबार सिरूवा–पावनी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरिएको गृह...
यी पाँच जिल्लामा भोलि पनि सार्वजनिक बिदा

काठमाडौं, वैशाख १ : सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिने भएको छ।

बिहीबार सिरूवा–पावनी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने जानकार दिएको हो ।

मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो।

राजपत्रमा प्रकाशित उक्त सूचनाअनुसार सिरूवा-पावनी पर्व परेकाले बिहीबार उक्त पर्व मनाइने पाँचै जिल्लामा बिदा हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:३४ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्