Kathmandu Press

संविधान, लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस नेतृत्वको सरकारः कांग्रेस नेता सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस नेतृत्वमा नयाँ सरकारको आवश्यकता औँल्याएका छन्।
संविधान, लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस नेतृत्वको सरकारः कांग्रेस नेता सिंह

चितवन, वैशाख १ : कांग्रेस नेता प्रकाशमान सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउन कांग्रेस नेतृत्वमा नयाँ सरकारको आवश्यकता औँल्याएका छन्।

कांग्रेस खैरहनी नगर समितिले  बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले केपी ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको उल्लेख गरे।

‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। प्रधानमन्त्री ओलीले नैतिक र राजनीतिक तरवरले प्रधानमन्त्री हुने वैधानिकता गुमाइसके। त्यसैले तत्काल राजीनामा दिनुपर्छ,’ सिंहले भने, ‘कांग्रेसले देश र जनतालाई संकट पर्दा सधैँ महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। राणाशासन हटाउनेदेखि प्रजातन्त्र स्थापना र संविधान निर्माणमा कांग्रेसले महत्वपूर्ण भूमिका  खेलेको छ।’

‘समृद्ध नेपाल सुखी नेपाली’लाई नारामा मात्र सीमित बनाएको आरोप उनले लगाए। वर्तमान सरकारले प्रदेश र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको आरोप थियो।
 

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्