Kathmandu Press

नेपाल लगायत विश्वका ६ राष्ट्रमा नयाँ वर्ष मनाइँदै

 काठमाडौं, वैशाख १ :  नेपाल लगायत विश्वको ६ राष्ट्रहरुमा आज हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै छ । नेपाल सहित भारत, बंगलादेश कम्बोडिया, लाहोस,...
नेपाल लगायत विश्वका ६ राष्ट्रमा नयाँ वर्ष मनाइँदै

 काठमाडौं, वैशाख १ :  नेपाल लगायत विश्वको ६ राष्ट्रहरुमा आज हर्षोल्लासका साथ नयाँ वर्ष मनाइँदै छ । नेपाल सहित भारत, बंगलादेश कम्बोडिया, लाहोस, म्यानमार, श्रीलंकामा आजबाट नयाँ शुरु भएको छ । 

नेपालमा वैशाख १ मा नयाँ वर्ष मनाइन्छ भने भारतको पश्चिम बंगाल, तामिलनाडु, केरला र कर्नाटकामा अप्रिल १४मा नयाँ वर्ष मनाइन्छ । त्यस्तै, बंगलादेश, कम्बोडिया, श्रीलंका, लाओसमा पनि १४ अप्रिलमै नयाँ वर्ष मनाइन्छ भने म्यानमारमा अप्रिल १३ बाट नयाँ वर्ष शुरु हुन्छ ।

भारतको पश्चिम बंगाल, आसाम, तृपुरा राज्यको बंगाली समुदायले पोहेला वैशाख वा बंगला नोबोबोरसोको रुपमा नयाँ वर्ष मनाउँछन् भने केरला राज्य र कर्नाटक राज्यले भिसुको रुपमा मनाउँछन् । 

बंगलादेशमा पोहिला वैशाख वा बंगला नोबोबोरसोको रुपमा नयाँ वर्ष मनाइन्छ । त्यस्तै, कम्बोडियामा चूल चन्न थमेको रुपमा मनाइन्छ भने लाओसमा पी माई वा सोनक्रानको रुपमा नयाँ वर्ष मनाइन्छ ।

म्यानमारमा थिङयानको रुपमा नयाँ वर्ष मनाइन्छ  भने श्रीलंकामा अलुत अवुरुद्दाको रुपमा मनाइन्छ ।

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्