Kathmandu Press

प्रधानमन्त्री ओली व्यक्तिवादी : मुख्यमन्त्री राउत

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी ओली व्यक्तिवादी बनेको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओली व्यक्तिवादी : मुख्यमन्त्री राउत

जनकपुर, वैशाख १ : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी ओली व्यक्तिवादी बनेको आरोप लगाएका छन्।

नयाँ वर्ष ०७८, जुडशीतल र रमजान पर्वको अवसरमा जनकपुरधाम-१७ कनकपट्टीमा आयोजित क्रिकेट प्रतियोगिता उद्घाटन समारोहमा राउतले सोही कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको बताए।

प्रधानमन्त्री ओलीले मुलुकको विकास निर्माण प्रभावित बनाएको बताउँदै प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी संज्ञा दिए। नयाँ वर्षमा मुलुकले राजनीतिक निकास पाउने उनको दाबी छ।
 

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्