Kathmandu Press

नयाँ वर्षको अवसर पारेर विष्णुमती सफाइ अभियान सुुरु

काठमाडौं, वैशाख १ : आजदेखि विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर आज बिहानदेखि विष्णुमती नदीको...
नयाँ वर्षको अवसर पारेर विष्णुमती सफाइ अभियान सुुरु

काठमाडौं, वैशाख १ : आजदेखि विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर आज बिहानदेखि विष्णुमती नदीको शोभा भगवती क्षेत्रबाट सफाइ अभियान सुरु गरिएको हाे ।

विष्णुमती नदी हाल प्रदूषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गई मानव स्वास्थ्यलाई असर पर्न थालेकाले विष्णुमती नदी सफाइ अभियान सञ्चालन गरिएको सांसद जीवनराम श्रेष्ठले बताएका छन् । 

विष्णुमती सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिनेछ । 

विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो ।

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्