Kathmandu Press

टिपरको ठक्करबाट मोरङमा एक महिलाको मृत्यु 

टिपरको ठक्करबाट मोरङमा एक महिलाको मृत्यु 

मोरङ, वैशाख १ : मोरङमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

बुधबार बिहान मोरङ सुन्दरहरैंचा–७ की ६५ वर्षीया मैया श्रेष्ठको टिफरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

पैदल हिँडिरहेकी मैयालाई बिहान सवा ५ बजे सुन्दरहरैचा–७ स्थित राजमार्गमा प्रदेश १–०२स्००१ ख ८५३० नम्बरको टिपरले ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गम्भीर घाइते भएकी मायाको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको हो । 

ठक्कर दिने टिपर र चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।


 

प्रकाशित मिति: ११:५३ बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्