पन्ध्र मिनेट स्थगित गरिएको संसद बैठक भोलिलाई सर्यो
काठमाडौं, जेठ २७ : नेपाली कांग्रेसले गुठी विधेयकको विरोध गर्दै संसद् अवरुद्ध गरेपछि १५ मिनेटका लागि भनी स्थगित गरिएको प्रतिनिधिसभा बैठक आज नबस्ने भएको....

काठमाडौं, जेठ २७ : नेपाली कांग्रेसले गुठी विधेयकको विरोध गर्दै संसद् अवरुद्ध गरेपछि १५ मिनेटका लागि भनी स्थगित गरिएको प्रतिनिधिसभा बैठक आज नबस्ने भएको छ।
सभामुख कृष्णबहादुर महराले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले सूचना प्रकाशित गरी मंगलबार बिहान ११ बजेका लागि निर्धारण गरिएको सूचना प्रकाशित गरेका हुन्।
गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलमा नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले प्रदर्शन गरेको थियो।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड तथा लाठी प्रहार गरेको भन्दै कांग्रेस सांसद् विरोध गरेका हुन। शान्तिपूर्ण प्रदर्शनमाथि भएको धरपकडका विषयमा सरकारको जवाफको माग गर्दै कांग्रेस सांसदले संसद् बैठकमा विरोध जनाएका थिए।
कांग्रेस सांसदको विरोधका कारण संसद बैठक स्थागित गरिएको हो।











