आज भारतमा एक लाख ६१ हजार संक्रमित थपिए

काठमाडौं, चैत ३१ : भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा एक लाख ६१ ह्जार जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।
गत २४ घन्टामा भारतमा एक लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै धेरै मध्येमा पर्दछ।
भारतमा हिजो एक लाख ६८ हजार जनामा कोरोना संक्रमण भएको पाइएको थियो। पछिल्ला केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन्।
यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ। यहाँ मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ।
त्यसैगरी भारतमा गएको २४ घन्टा यता ८७९ जनाको यस संक्रमणका कारण मृत्यु भएको छ। यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या एक लाख ७१ हजार नाघेको छ। कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको केन्द्रीय सरकारले मंगलबार जानकारी दिएको छ।
गएको आइतबार मात्र भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सबैभन्दा उच्च हो । भारतका कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख भन्दा बढी भएको जनाइएको छ।
भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन्।




-1784031842.jpg)




-1784031842.jpg)

