नवीकरण नगर्दा अनलाइन खारेज गर्ने नियम बदर
काठमाडौं, चैत ३१ : अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगर्दा खारेज गर्ने नियमलाई सर्वोच्च अदालतले बदर गरेको छ।न्यायाधीशद्वय दीपककुमार कार्की र सुष्मालता माथेमाको...
काठमाडौं, चैत ३१ : अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगर्दा खारेज गर्ने नियमलाई सर्वोच्च अदालतले बदर गरेको छ।
न्यायाधीशद्वय दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार अनलाइन खारेज गर्ने नियम बदर गरेको हो। अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ (३) मा हरेक वर्ष नवीकरण नगरे खारेज गर्न नसकिने व्यवस्था थियो।
यो संविधान विपरीत भएको भन्दै सर्वोच्चले बदर गरेको हो। अधिवक्ता तथा पत्रकार लीलानाथ घिमिरे र विष्णुकुमार गिरी निश्चलले संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दिएका थिए।
प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1784031842.jpg)




-1784031842.jpg)

