Kathmandu Press

राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, चैत ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुुँदा सुरक्षामा मात्र होइन, सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुर्‍याउन...
राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, चैत ३१ :प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुुँदा सुरक्षामा मात्र होइन, सुरक्षासँग जोडिएर आउने विभिन्न आयामका सम्बन्धमा ध्यान पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालीम समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले हाम्रो जस्तो सानो र विकासमा पछि परेको मुलुकले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका विषयमा अत्यन्त होसियार हुन आवश्यक रहेको धारणा राखे।

प्रधानमन्त्री ओलीले भने, 'आन्तरिक सुरक्षाको प्रश्नमा कसैको स्वार्थका लागि हाम्रो भूमि आतङ्कवादको केन्द्र नबनोस्, अनुचित क्रियाकलापमा मुुछ्ने, शान्ति सुव्यवस्था खलबल्याउने तथा भय एवं आतङ्कको वातावरण सिर्जना हुन नदिनेतर्फ हामी चनाखो हुनुपर्छ।'

आतङ्कवादको कुनै सीमा नहुने हुनाले त्यसलाई हाम्रो मुलुुकमा पस्न दिन नहुने बताउँदै उनले भने, 'आतङ्कवाद कहीँकतैबाट पनि पस्न नपाओस्।'

कुुनै राज्यलाई अप्ठेरोमा पार्नुुछ भने आन्तरिक द्वन्द्व र फाटो सिर्जना गर्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले इश्र्या, अहङ्कार, पूर्वाग्रह, वैयक्तिक आत्मकेन्द्रित स्वार्थले द्वन्द्वलाई मलजल गर्ने बताए। उनले भने, 'सुम्पिएको जिम्मेवारी पूरा नगर्ने तथा राजनीतिक पूर्वाग्रहका आधारमा काम गर्ने व्यक्तिले राष्ट्रिय एकतालाई बलियो बनाउँदैनन्, ती मुुलुकलाई विभाजन गर्न खोज्ने तत्व हुन्।'

सामाजिक मूूल्यमान्यतालाई साझा बनाएर एकतालाई कायम राख्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, 'हाम्रो आवश्यकता भनेका विविधतामा एकता हो । यथार्थ, विविधता र आवश्यकता एकता । विविधता सुन्दरता हो, एकता बल हो।'

प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा, विकास र समृद्धिको विषय सबै नागरिकको साझा दायित्व भएको बताए। उन राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको जिकिर गरे।

कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले कलेजबाट सञ्चालन हुँदैआएको विभिन्न गतिविधिबारे जानकारी दिँदै खुला छलफल र अन्तर्क्रियाले राष्ट्रिय सुरक्षालाई अझ अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्