Kathmandu Press

कोरोना महामारी नियन्त्रणका लागि गम्भीर हुन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं, चैत ३१ : नेपाली कांग्रेसले सरकारलाई कोरोना महामारी नियन्त्रणका लागि गम्भीर हुन आग्रह गरेको छ।कांग्रेसको कोभिड–१९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी अझ...
कोरोना महामारी नियन्त्रणका लागि गम्भीर हुन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं, चैत ३१ : नेपाली कांग्रेसले सरकारलाई कोरोना महामारी नियन्त्रणका लागि गम्भीर हुन आग्रह गरेको छ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी अझ कोरोना महामारी भयावह हुन सक्ने सम्भावना रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको हो। 

‘यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ’ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भनेका छन्, ‘कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।’

कोभिड-१९ को कू–व्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री खरीदमा भएको व्यापक भष्ट्राचारको नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको हो। कोभिड-१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुन सक्ने र विश्वका अन्य देशहरुमा देखिएका कोभिड-१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावना प्रति सरकार उदासिन भएका कारण अहिले फेरि कोभिड-१९ को संक्रमण फैलदो छ,’ महतले निकालेको विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेको सहमहामन्त्री महतले बताएका छन्।

‘अहिले संक्रमितको संख्या ह्वातै बढेको छ भने गम्भीर विरामी भएर आइसियुमा बस्नु पर्ने विरामीहरुको संख्या र मृतकको संख्या पनि बढ्दो छ। उनले भनेका छन्, ‘भविष्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावनालाई नेपाली कांग्रेसले गम्भीरताका साथ लिएको छ।’ 

कांग्रेसले कोरोना संक्रमण रोक्न सरकारलाई आठ सुझावसमेत दिएको छः

१. गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस्।


२. अन्तर्राष्ट्रिय उडानबाट आउने र सिमा नाकाबाट आउनेलाई व्यवस्थित चेकजाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस्।

३. कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस्।

४. कोभिड—१९ कोविरुद्ध आम जनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस्। खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस्।

५. स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन। यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ। स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस्। साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस्।

६. पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं।

७. देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ। साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं।
८. समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं।

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्