Kathmandu Press

पत्रकार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न प्रेस युनियन काठमाडौंको माग 

काठमाडौं, चैत ३१ : नेपाल प्रेस युनियन काठमाडौं शाखाले समाचार संकलनका क्रममा नयाँ पत्रिकाका पत्रकार केदार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको...
पत्रकार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न प्रेस युनियन काठमाडौंको माग 

काठमाडौं, चैत ३१ : नेपाल प्रेस युनियन काठमाडौं शाखाले समाचार संकलनका क्रममा नयाँ पत्रिकाका पत्रकार केदार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ । 

लैनचौरस्थित भारतीय दूतावासअगाडी रिपोर्टिङमा रहेका बेला पत्रकार दाहालमाथि मंगलबार प्रहरीले दुर्व्यवहार गरेको थियो ।  सो घटनाको भर्त्सना गर्दै प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष  जगन्नाथ दुलालले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । 

‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथी भएको आक्रमणको नेपाल प्रेस युनियन काठमाडौं शाखा घोर भर्त्सना गर्दछ,’ अध्यक्ष दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्ने ठहर छ । समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथी  दुर्व्यवहार गर्ने प्रहरी माथि तत्काल छानविन गरी कडा कारवाहीको माग गर्दछ ।'

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्