Kathmandu Press

सामान किन्न पसल गएकी युवती दुई दिनदेखि बेपत्ता, अपहरण भएको परिवारको आशंका

मोरङ, चैत ३१ : सामान किन्न गएकी विराटनगरकी एक युवती दुई दिनदेखि बेपत्ता छिन्। विराटनगर महानगरपालिका–१२ की १४ वर्षीय मञ्जुरी उपाध्याय आइतबार साँझदेखि...
सामान किन्न पसल गएकी युवती दुई दिनदेखि बेपत्ता, अपहरण भएको परिवारको आशंका

मोरङ, चैत ३१ : सामान किन्न गएकी विराटनगरकी एक युवती दुई दिनदेखि बेपत्ता छिन्। विराटनगर महानगरपालिका–१२ की १४ वर्षीय मञ्जुरी उपाध्याय आइतबार साँझदेखि बेपत्ता भएकी हुन्।

आइतबार स्कुलबाट फर्किएपछि करिब ४ बजेतिर पूजाको सामान किन्न पसल गएकी छोरी अहिलेसम्म घर नफर्किएको मञ्जुरीकी आमा अमृताले बताइन् । उनी स्टार बोर्डिङ स्कुलमा कक्षा नौमा अध्ययनरत थिइन्।

‘पौने चार बजेतिर पूजाको सामान किन्न नजिकैको पसलमा पठाएकी थिएँ । ५ बज्दा पनि नआएपछि म खोज्न गएँ,’ अमृताले भनिन्, ‘पसलमा बुझ्दा सामान किनेको रहेछ । तर, घर आइनन्।’

उनका साथी, आफन्तकहाँ सबैतिर बुझेको तर कहीँ पत्ता नलागेको उनले बताइन् । बिहानसम्म पनि छोरी घर नफर्किएपछि सोमबार बिहानै प्रहरीमा उजुरी दिएको अमृताले बताइन् ।

‘बिहानै प्रहरीमा उजुरी दिएका छौँ, तर अहिलेसम्म छोरी आएकी छैनन्, परिवार सबै चिन्तामा छौँ,’ अमृताले भनिन् ‘अपहरण भएको आशंका छ, तर अहिलेसम्म त्यस्तो कुनै फोन आएको छैन।’

 

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्